बेइजिङ एयरपोर्टमा दुई घन्टा रोकिए मेसी

भिसा प्रक्रिया पूरा नगर्दा विश्व च्याम्पियन मेसी बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका हुन्

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

अर्जेन्टिनी कप्तान लियोनल मेसी दुई घन्टा बेइजिङ अन्तर्राष्ट्रिय एयरपोर्टमा रोकिएका छन् । बेइजिङको वर्कर्स रंगशालामा १५ जुनमा अर्जेन्टिना र अस्ट्रेलियाबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै छ । यसै मैत्रीपूर्ण खेलमा सहभागी हुन मेसी बेइजिङ पुगेका हुन् । उनले विमानस्थलमा अर्जेन्टिना र स्पेनका राहदानी देखाएका थिए । बेइजिङ विमानस्थलमा पुगेलगत्तै उनलाई चिनियाँ प्रहरीले नियन्त्रणमा लिए । 

मेसीले चीनको भ्रमणमा स्पेनको राहदानी देखाएका थिए । चीनमा स्पेनको राहदानीमा अनिवार्य भिसा लाग्नुपर्छ । स्पेनको राहदानीका साथ चीनको भ्रमण गर्दा भिसा प्रक्रिया पूरा गर्नुपर्छ । विनाभिसा प्रवेश दिइनेछैन । तर, विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान मेसीले स्पेनको राहदानीमा भिसा लागेको छाप देखाउन सकेनन् । 

यही कारण चिनियाँ प्रहरीले मेसीलाई विमानस्थलमै रोकेका हुन् । आधा घन्टापछि यो विवादको हल खोजिएको थियो । उनले इन्ट्री भिसा पाएपछि विमानस्थलबाट बाहिर निस्किए । स्पेनको राहदानीमा विनाभिसा ताइवानमा प्रवेश गर्न सकिन्छ । मेसीले ताइवानलाई चीनकै भूभाग रहेको सम्झेका थिए । यसै कारण उनले भिसाका लागि निवेदन नै दिएनन् । 

यो घटनना १० जुनको हो । सोसल मिडियामा चार दिनअघिको घटना भिडियोसहित सार्वजनिक भएको हो, जुन अहिले भाइरल भइरहेको छ । भिडियोमा मेसीलाई चिनियाँ पुलिसले हिरासतमा लिएजस्तो देखिन्छ । फुटबल करिअरमा मेसी सातौँपटक चीनको यात्रामा छन् । 

सुझावित समाचार