नेप्से दुई हजार विन्दुमाथि, कारोबार रकममा उल्लेख्य सुधार

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

आज पनि सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ३४.१७ अंकले बढेर २०२०. ६४ विन्दुमा पुगेको छ। आज सबै समूहको सेयर बढेको छ। यसमा पनि बिमा, होटेल र व्यापार समूहको सेयर उच्च अंकले उकालो लागेको छ। 

आज बजारसँगै कारोबार रकममा वृद्धि भएको छ। दुई सय ७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब १२ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

यसमा पनि आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन सबैभन्दा धेरै विन नेपाल लघुवित्त, बुलुङ इनर्जी विकास कम्पनी र सिटी होटेलको सेयर १० प्रतिशतले उकालो लागेको छ। 

सुझावित समाचार