प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्युठानमा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, उनले शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् ।
‘प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठजनाको निधन भएको खबरले दुःखित बनाएको छ,’ समवेदनामा भनिएको छ, ‘उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
लु. १ च ६३४५ नम्बरको कार प्युठानको स्वर्गद्वारी नगरपालिका- ४ भ्यागुतेमा आज दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा सवार सबै आठजनाको मृत्यु भएको थियाे ।