नेपालमा संयुक्त राष्ट्रसंघको नमुना सम्मेलन हुने

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

वैचारिक युवा समाजले संयुक्त राष्ट्र संघको नमुना सम्मेलन ‘एभरेस्ट इन्टरनेसनल मोडल युनाइटेड नेसन्स’–२०२३ (इआइएमयुएन) आयोजना गर्ने भएको छ।

अमेरिकी दूतावासको सहकार्यमा समाजले विश्वका विभिन्न देशका युवा तथा विद्यार्थीलाई लक्षित गर्दै २५ देखि २९ असार (१० जुलाईदेखि १४)सम्म काठमाडौंमा सम्मेलन गर्न लागेको हो।

सम्मेलनमा सहभागीले संयुक्त राष्ट्रसंघको कार्य प्रणालीसँग परिचित हुन, विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्न अवसर पाउनेछन्। समाजका अनुसार महासभा अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्लेटफर्म भएकाले युवाहरूको नेतृत्व विकास, कूटनीतिक बहस, लेखन, बौद्धिक विश्लेषणजस्ता क्षमता अभिवृद्धिबारे सीप आदान-प्रदान गरिनेछ।

समाजले प्रदेशस्तरीय नमुना संयुक्त राष्ट्रसंघ सम्मेलनमार्फत यसपटक दुईसय युवावर्गलाई सहभागी गराउने लक्ष्य राखेको छ। कार्यक्रममा सहभगी हुन वैचारिक युवा समाजको वेबसाइट र सामाजिक सञ्जालमार्फत नाम दर्ता गराउन ३१ मेसम्म खुला गरिएको थियो।

समाजले सन् २०१४ देखि विश्वविद्यालयस्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्रसंघ आयोजना गर्दै आइरहेको छ।

सुझावित समाचार