अक्सिजनको अभावले टेक्सासमा मरे हजारौँ माछा

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुद्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातिका हजारौँ माछा मरेका छन्।

क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहाननजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछा फेला परेको गल्फ कोस्टमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरूले बताएका छन्। 

शुक्रबारदेखि तटीय पानीमा सयौँ मरेका माछा तैरिरहेको तस्बिर सार्वजनिक गरेका निकुञ्जका अधिकारीहरूले सतही पानी र सूर्यको प्रकाशको कमीका कारण अक्सिजनको मात्रा घटेकोले माछा मरेको बताए।  

 सफाइको प्रयास जारी रहे पनि पानी कम हुँदा अक्सिजनको अभाव भएको र यहाँ अझै हजारौँ माछा मर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सुझावित समाचार