अर्थमन्त्रीको स्पष्टीकरण– तीन जिल्लामै ४० प्रतिशत बजेट छुट्याएको भन्ने कुरामा सत्यता छैन

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्रै कुल बजेटको ४० प्रतिशत बजेट छुट्याएको आरोपमा सत्यता नभएको बताएका छन्।

नुवाकोट, गोरखा र डडेल्धुरामा मात्रै बजेटको ठूलो हिस्सा  छुट्याइएको भन्ने विषयमा अर्थमन्त्रीले सोमबार आ.व ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा यस्तो स्पष्टीकरण दिएका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुँजीगततर्फ एक सय २३ अर्ब विनियोजन गरेकोमा तीन जिल्लामा छुट्याइएको रकम नगन्य रहेको उनको भनाइ छ।

‘माननीयज्यूहरूको चासो र चिन्ता के छ भने प्रधानमन्त्री, अर्थमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा मात्रै सारा बजेट गयो कि । हुँदाहुँदा ४० प्रतिशत नै गयो कि भन्नेजस्ता कुरा पनि आए । त्यसमा कुनै सत्यता छैन । किताब हेरेपछि माननीयज्यूहरूले थाहा पाइहाल्नुहुन्छ,’ उनले भने, ‘जस्तो कि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुँजीगततर्फ एक सय २३ अर्ब विनियोजन गरेकोमा तीन वटा जिल्लामा छुट्याइएको रकम नगन्य नै छ।’

सुझावित समाचार