जेठ अन्तिमसम्म भित्रिन सक्छ मनसुन, तर देशभर औसतभन्दा कम वर्षा हुने

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

१८ जेठदेखि मनसुन अवधि सुरु हुने भनिए पनि नेपालमा औसतमा १३ जुनसम्म मनसुन भित्रिसक्नुपर्ने हो । गत वर्ष एक साताअघि नै मनसुन भित्रिएको थियो । मौसमविद् राजु प्रधानांगले १५ जुनसम्म मनसुन भित्रिन सक्ने अनुमान रहेको बताए । तर, यसपालिको मनसुनमा औसतभन्दा कम पानी पर्ने आकलन गरिएको छ ।

मौसम विभागले यसअघि बर्खायाममा पूर्व र मध्यनेपालका केही क्षेत्रबाहेकमा कम वर्षा हुने प्रक्षेपण गरेकामा २५ जेठमा संशोधन गर्दै मुलुकभर नै औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ । प्रशान्त महासागरमा एलनिनोको अवस्था देखिएको र पछिल्लो समयमा पूर्वानुमानका मोडलमा पनि सुक्खाको अवस्था देखाएकाले देशभर नै कम पानी पर्ने अनुमान गरिएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन् ।

उपत्यकालगायतका क्षेत्रमा वर्षा, २४ घन्टामा ५७ मापन केन्द्रमा वर्षा रेकर्ड
देशभर रहेका २५८  वर्षा मापन केन्द्रमध्ये पछिल्लो २४ घन्टामा ५७ वटामा वर्षा रेकर्ड भएको छ । जसमध्ये सबैभन्दा बढी दोलखामा ७४.४ मिलिमिटर वर्षा भएको छ । आइतबार राति काठमाडौं उपत्यका, मकवानपुरलगायतका क्षेत्रमा वर्षा भएको छ । सोमबार कोसी, बागमती र गण्डकीका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

मध्य र पश्चिम तराईमा तापक्रम पाँच दिन नघट्ने
राजु प्रधानांग, मौसमविद्

जलवाष्पयुक्त हावा पनि प्रवेश गरेको छ, जसले पूर्वी क्षेत्रमा हल्का वर्षा भइरहेको हो । तर, तत्काल ठूलो वर्षाको सम्भावना छैन । मधेसको पश्चिमदेखिको भूभागमा खासै बदली पनि छैन, त्यसैले तापक्रम घट्न नसकेको हो । आगामी पाँच दिन मध्य र पश्चिममा तापक्रम बढिरहने सम्भावना छ ।

See More On

सुझावित समाचार