तनहुँमा एक्स्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

आबुखैरेनी गाउँपालिका– ५ रसौलीमा आज एक्स्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो। 

आबुखैरेनी– २ मार्कीचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

आबुखैरेनी– ५ रसौलीबाट ग.३क ३९७४ नम्बरको एक्स्काभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोँचमा खस्दा उक्त दुर्घटना भएको हो। 

एक्स्काभेटरचालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। रासस 

See More On

सुझावित समाचार