समानुपातिक बजेट वितरण गर्न सांसदको माग

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण
समानुपातिक बजेट वितरण गर्न सांसदको माग

आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरू । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ । 

सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले प्रधानमन्त्री, सत्तागठबन्धका शीर्ष नेता र अर्थमन्त्रीका गृहजिल्लामा बढी बजेट केन्द्रित गरिएको भन्दै समानुपातिक बजेट विनियोजन हुनुपर्ने माग गरे । 

उत्पादनमूलक अर्थतन्त्रलाई ध्यान दिँदै समग्र विकास केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उनीहरूले विद्यमान आर्थिक संकटको मोचन गर्ने बाटोमा बजेट लक्षित नभएको टिप्पणी गरे ।

छलफलमा सांसद देवप्रसाद तिमिल्सिना, दामोदर भण्डारी हृदयराम थानी, पूर्णबहादुर तामाङ, देवीप्रसाद भट्टचन, तेजुलाल चौधरी, चन्द्रबहादुर विश्वकर्मा, सुशीला थिङ, सराद अहमद फारुकी, सरिता भुसाल, हर्कमाया विक, प्रेमबहादुर महर्जन, महेशकुमार बर्ताैलाले भाग लिएका थिए । 

प्रतिनिधिसभाको आगामी बैठकमा पनि सो बजेटमाथिको छलफल जारी रहनेछ । उक्त छलफल र अर्थमन्त्रीले जवाफ दिनका लागि २८ जेठमा समय थप गरिएको बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराए । 

शुक्रबारको बैठकमा संविधानसभामा मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत तत्कालीन सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।

सभाको अर्काे बैठक २८ जेठमा बिहान ११ बजे बस्नेछ । 

सुझावित समाचार