पाँच सचिवको सरुवा : श्रममा केवल, एकनारायण प्रधानमन्त्री कार्यालयमा

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले पाँचजना सचिवहरूको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवासम्बन्धी निर्णय गरेको हो । 

निर्णयअनुसार केवल भण्डारीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ । श्रमसचिव रहेका एकनारायण अर्याललाई प्रधानमन्त्री कार्यालय पठाइएको छ । 

भण्डारीले सचिव कार्यकालमा पहिलोपटक मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ११ चैत ०७५ मा सचिव भएका उनी यही चैतमा पाँचवर्षे सेवाअवधिको सीमाका कारण निवृत्त हुनेछन् । कार्यकालको उत्तरार्द्धमा उनले मन्त्रालय पाएका हुन् । 

त्यस्तै, उद्योग मन्त्रालयका सचिव डा. तोयानारायण ज्ञवालीलाई योजना आयोग पठाइएको छ । खानेपानीसचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालय सरुवा गरेर त्यहाँ प्रधानमन्त्री कार्यालयका प्राविधिकतर्फका सचिव रामआधार शाहलाई लगिएको छ ।

सुझावित समाचार