५० हजार घुससहित वडाध्यक्ष पक्राउ

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मियाँ ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका हुन्।

घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार विद्यालयबाटै पक्राउ गरेको हो।

सुझावित समाचार