सदनमा अर्थमन्त्रीकाे दाबी- इमानदारितामा एक इन्च पनि कतै हल्लिएकाे छैन

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

करका दर हेरफेर आरोप लागेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिएका छन्। प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै बजेट निर्माण प्रक्रियामा इमानदारिता एक इन्च पनि कतै नहल्लिएकाे दाबी गरेका छन्। 

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाको आपत्तिपछि स्थगित भएको थियो। 

आजै नेता केपी ओली र अर्थमन्त्री महतबीचको छलफलपछि बैठक बस्ने सहमति भएको हो। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने सहमति भएपछि बैठक सुचारु भएको हो। 

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको प्रतिपक्षको आरोप छ। 
 

सुझावित समाचार