बजेटमा करको दर हेरफेरको विषयले सदन प्रभावित भएको छ। बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन।
बजेट निर्माणको क्रममा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै एमाले, रास्वपा र राप्रपाका सांसदले विरोध जनाएका छन्। एमाले अध्यक्ष केपी ओलीले अर्थमन्त्री प्रकाशशरण महतसँग कुरा गरेपछि बैठक सुरु हुने जसपा प्रमुख सचेतक प्रदीप यादवले बताएका छन्। तर, ओली संसदमा आइपुगेका छैनन्।
११ बजे बैठक बस्न नसकेपछि संसद् सचिवालयले पुनः सूचना टाँसेर दिउँसो १ः३० मा बस्ने गरी तय भएको जनाएको छ।