भिरबाट लडेर एकजनाकाे मृत्यु

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका– १ मा भिरबाट लडेर २४ वर्षीय  गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कने क्रममा लौठारूख भिरबाट लडेर अदानचुली– १  कल्खे गाउँका दानीको  मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए । 

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटेलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए ।

सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुखनजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए।  दानीले दोमुखमा होटेल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो । रासस

See More On

सुझावित समाचार