मकाउमा पर्यटन प्रवर्द्धन तथा व्यापार मेला

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

एनआरएनए मकाउले पर्यटन प्रवर्द्धन तथा व्यापार मेला सम्पन्न गरेको छ । शनिबार नेपाली महावाणिज्यदूत हङकङको विशेष प्रायोजनमा मेला भएकाे हाे ।  मेलामा महावाणिज्यदूत उदय रानामगरको विशेष आतिथ्यता थियो ।

कार्यक्रममा सहभागी विभिन्न देशका कूटनीतिक व्यक्तिहरूले सामाजिक संस्था र व्यापारिक प्रवर्द्धन गर्न दुई देशबीच सहकार्य र समन्वय गर्ने वाचा व्यक्त गरे ।

एनआरएन अध्यक्ष रुस्तम श्रेष्ठ, नेपाली समाज मकाउका अध्यक्ष युवराज न्यौपानेसहित मकाउमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिले नेपाली हस्तकलाका उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।  

सुझावित समाचार