जनसांख्यिकीय अधोगतिको मार्गमा विश्व

विश्वका अधिकांश भागमा प्रजननदर घट्दै

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण

औद्योगिक क्रान्तियताका २५० वर्षमा विश्वको सम्पत्ति जसरी वृद्धि भएको छ जनसंख्या पनि उसैगरी विस्फोटक बन्यो । तर, यो शताब्दी समाप्त सकिनुअगावै ‘ब्ल्याक डेथ’पश्चात् पहिलोपटक पृथ्वीमा मानिसको संख्या घट्न सक्छ । यसको मूल कारण मृत्युमा वृद्धि होइन, जन्मदरमा आइरहेको कमी हो । विश्वका अधिकांश भागमा प्रजननदर अर्थात् प्रतिमहिला औसत प्रजननको संख्या घट्दै गएको छ । यो प्रवृत्ति नौलो नहोला, तर यसका दायरा र परिणाम अकल्पनीय हुन सक्छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले केही आशा देखाएको भए पनि विश्व अर्थव्यवस्थाको शिरमा न्यून प्रजननदरको तरबार झुन्डिएको देख्न सकिन्छ ।

सन् २००० मा विश्वको प्रजननदर प्रतिमहिला २.७ (शिशु)को थियो, जुन जनसंख्यालाई स्थिर राख्न चाहिने जनसंख्याको प्रतिस्थापन दर २.१ भन्दा माथि हो । आज यो दर २.३ को घट्दो क्रममा छ । कुल गार्हस्थ्य उत्पादनका हिसाबले विश्वका सबैभन्दा ठूला १५ देशमा प्रजननदर प्रतिस्थापन दरभन्दा न्यून छ । यो मार्गमा अमेरिका र अधिकांश धनी देश मात्रै होइन, चीन र भारत पनि सामेल छन् । चीन र भारत धनी मुलुक त होइनन्, तर यी दुई मुलुकले संयुक्त रूपमा विश्वजनसंख्याको एकतिहाइभन्दा बढी हिस्सा ओगट्छन् ।परिणामतः संसारका अधिकांश भागमा नानीहरूको पैतालाको होइन, बूढाबूढीको लौरोको टकटक आवाज बढी सुन्न थालिएको छ । 

बुढ्यौलीले ग्रस्त देशहरूको प्रमुख उदाहरण अब जापान र इटाली मात्र होइन ब्राजिल, मेक्सिको र थाइल्यान्डसमेत भएका छन् । सन् २०३० सम्ममा पूर्वी र दक्षिण–पूर्वी एसियाको आधाभन्दा बढी जनसंख्या ४० वर्षभन्दा माथिको हुनेछ । जब बूढाबूढीको मृत्यु हुन्छ र तिनलाई नवजातहरूले पूर्ण रूपमा प्रतिस्थापन गर्दैनन् भने जनसंख्या खुम्चिने सम्भावना हुन्छ । अफ्रिकाबाहेक बाँकी विश्वको जनसंख्या सन् २०५० को दशकमा शिखरमा पुग्ने र शताब्दीको अन्तिममा पुग्दा उनीहरूको जनसंख्या अहिलेको भन्दा कम हुने अनुमान गरिएको छ । अफ्रिकामा पनि प्रजननदर तीव्रगतिमा घटिरहेको छ ।

अफ्रिकाबाहेक बाँकी विश्वको जनसंख्या सन् २०५० को दशकमा शिखरमा पुग्ने र शताब्दीको अन्तिममा पुग्दा अहिलेको भन्दा कम हुने अनुमान 

वातावरणविद्हरूले जेसुकै भनुन्, घट्दो जनसंख्याले समस्या निम्त्याउँछ नै । युवा जनसंख्यामा कमीका कारण उत्पन्न हुने आर्थिक कठिनाइबाट विश्व धेरै टाढा छैन । के कुरा स्पष्ट छ भने, विश्वका पेन्सनजीविहरूलाई सहयोग गर्न कठिन हुँदै गइरहेको छ । सेवानिवृत्तहरू कामकाजी उमेरसमूहको आयमा निर्भर रहने हुन् चाहे त्यो राज्यमार्फत होस् वा अन्य कुनै तरिकाले । तर, धनी विश्वमा अहिले ६५ वर्षभन्दा माथिका एकबराबर २० देखि ६४ वर्ष उमेर समूहका तीनजना छन् ।

सन् २०५० सम्ममा यो दर दुईजनाभन्दा कमको हुनेछ । यसको नतिजा उच्च कर, सेवानिवृत्तिमा ढिलाइ, बचतकर्ताको वास्तविक प्रतिफलमा कमी र सम्भवतः, सरकारी बजेट संकट हुन सक्छन् । प्रजनन ह्रासबाट उत्पन्न हुने एक मात्र समस्या भनेको पेन्सनजीवि–कामकाजी उमेर समूहको अनुपातमा कमी नै हो । युवाहरूलाई मनोवैज्ञानिक ‘फ्ल्युड इन्टेलिजेन्सी’ भन्छन्, अर्थात् उनीहरू रचनात्मक रूपमा सोच्न सक्छन् ताकि समस्यालाई पूर्णरूपमा नयाँ तरिकामा समाधान गर्न सकियोस् ।

युवा गतिशीलताले वृद्ध कामदारहरूको सञ्चित ज्ञानलाई परिपूरण गर्छ । यसले परिवर्तन पनि ल्याउँछ । युवा आविष्कारकहरूले दर्ज गरेका पेटेन्टहरूको नवप्रवर्तन तुलनात्मक रूपमा धेरै हुन्छ । वृद्ध बन्दै गएका देशमा कम उद्यमशील हुन्छन् र जोखिम मोल्न पनि सहज मान्दैनन् । बूढापाका मतदाताले राजनीतिलाई पनि गतिहीन बनाउँछन् । अर्थतन्त्र बढ्दा युवाको तुलनामा वृद्धलाई कम फाइदा हुने भएकाले उनीहरू विकासोन्मुख नीति, विशेष गरी भौतिक निर्माणप्रति कम उत्सुक देखिने गरेका छन् । बूढो बन्दै गएका समाजमा रचनात्मक विनाशको सम्भावना पनि बिरलै हुन्छ । यसले उत्पादकत्व वृद्धिलाई यसरी दबाउँछ कि जसले गर्दा एउटा ठूलो अवसर नै गुम्न पुग्छ ।

सबै कुरा विचार गर्दा प्रजननदरमा आइरहेको कमी अहिलेको समाधान गर्नैपर्ने संकट भएको देखिन्छ । तथापि, यसका थुप्रै परिणाम आफैँमा स्वागतयोग्य छन् । जस्तो कि मानिस धनी हुँदै जाँदा तिनले कम बच्चा जन्माउन थालेका छन् । आज तिनीहरूले काम र परिवारमा सम्झौता गर्नुपर्ने स्थितिको सामना गरिरहेका छन् र ती सम्भौता अधिकतर राम्रा नै छन् ।

सन् २००० मा विश्वको प्रजननदर प्रतिमहिला २.७ (शिशु)को थियो, जुन जनसंख्यालाई स्थिर राख्न चाहिने जनसंख्याको प्रतिस्थापन दर २.१ भन्दा माथि हो । आज यो दर २.३ को घट्दो क्रममा छ । कुल गार्हस्थ्य उत्पादनका हिसाबले विश्वका सबैभन्दा ठूला १५ देशमा प्रजननदर प्रतिस्थापन दरभन्दा न्यून छ ।
 

यसकारण, प्रजनन क्षमतामा कमी समाजको असफलताको संकेत भएकाले परम्परागत पारिवारिक मूल्य–मान्यतामा फर्कन आह्वान गर्ने पपुलिस्ट रूढीवादी गलत छन् । अरूका लागि बच्चा हुर्काउने कर्तव्य कसैको पनि हुँदैन । यसको तुलनामा अधिक आप्रवासनलाई प्रोत्साहित गर्ने उदारवादीहरूको सोच अधिक सही लाग्छ । तर, यो पनि गलत निदान नै हो । धनी विश्वमा आप्रवासनको रेकर्ड आज उच्चस्तरमा छ । यसबाट स्रोत देशहरूले कामदारको कमी साक्षात्कार गर्नुपर्ने हुन सक्छ । तर, प्रजनन क्षमतामा विश्वव्ञयापी गिरावटको अर्थ कुनै ठूलै बदलाव नभए यो शताब्दीको मध्यसम्ममा विश्वले युवा शिक्षित कामदारहरूको अभावको सामना गर्नुपर्नेछ भन्ने नै हो । 

त्यो ठूलो बदलाव के हुन सक्छ त ? मानिस अक्सर सर्वेक्षणकर्तालाई आफूहरूलाई आफूसँग भएको भन्दा धेरै बच्चा चाहिएको बताउँछन् । तर, उनीहरूको चाहना र वास्तविकताबीच खाडल देखिन्छ । धेरै बच्चाको लालनपालन गर्न नसक्ने स्थिति वा आवासको अभाव एवं अपर्याप्त प्रजनन उपचारजस्ता नीतिगत असफलता यसका आंशिक कारण हुन सक्छन् । मानौँ यी समस्या समाधान भएछन् नै भने पनि आर्थिक विकासले प्रजननदरलाई प्रतिस्थापन दरभन्दा कम बनाउँदै लाने सम्भावना अझै छ । घरपरिवारलाई सघाउने नीतिको रेकर्ड निराशाजनक छ । सिंगापुरले भव्य अनुदान दिन्छ, कर छुट र बाल हेरचाह अनुदानसमेत प्रदान गर्छ र पनि उसको प्रजननदर १.० को रहेको छ ।

संसारका विपन्न देशहरूको क्षमतालाई उजागर गर्ने हो भने प्रजननदर नबढाई पनि शिक्षित युवा कामदारहरूको अभावलाई कम गर्न सकिन्छ । दुईतिहाइ चिनियाँ केटाकेटी अहिले पनि ग्रामीण इलाकामा बस्छन् र तिनले अभावग्रस्त स्कुलमा पढ्नुपर्छ । भारतमा पनि चीनकै दरमा २५ देखि ३४ वर्ष उमेर समूहका युवाले उच्च शिक्षा पूरा गर्दैनन् ।

अफ्रिकामा अझै दशकौँसम्म युवाको जनसंख्या बढ्दै नै जानेछ । उनीहरूको सीप बढाउनु वाञ्छनीय हुन्छ । वृद्धि रोकिएका अर्थव्यवस्था (मूलतः समृद्ध अर्थतन्त्र)मा युवा आप्रवासीलाई नवप्रवर्तकका रूपमा प्रक्षेपित गर्न सकिन्छ । तैपनि, विकासलाई प्रोत्साहित गर्न गाह्रो छ । किनकि ती स्थान जति चाँडो धनी हुन्छन्, त्यति नै चाँडो बूढो पनि हुनेछन् ।

यसकारण अन्ततः विश्वले थोरै युवाबाटै काम चलाउनु पर्नेछ । र, जनसंख्यामा संकुचनको सामना गर्नुपर्नेछ । यो कुरालाई ध्यानमा राख्दा, एआईमा हालैको प्रगति राम्रो समयमा आएको मान्न सकिन्छ । एआई–इन्फ्युज्ड अर्थ–व्यवस्थाबाट सेवानिवृत्त व्यक्तिहरूको ठूलो संख्यालाई सहयोग गर्न सकिनेछ । एआईले समास्या समाधानका उपाय खोज्नमा मानव बुद्धिको आवश्यकतालाई कम गर्न सक्छ ।

रोबोटिक्सको सहायतामा एआईले वृद्धवृद्धाहरूको हेरचाहलाई कम श्रमप्रधान बनाउन योगदान गर्न सक्छ । यस्ता आविष्कार निश्चित रूपमा उच्च मागयुक्त हुनेछन् । यदि टेक्नोलोजीले मानवतालाई बेबी बस्ट(न्यून जन्मदर)का कारण सिर्जित समस्यामाथि विजय प्राप्त गर्न अनुमति दियो भने, यो ऐतिहासिक ढाँचा लायकको हुनेछ । उत्पादकत्वमा अनपेक्षित वृद्धिको अर्थ १८औँ शताब्दीमा थोमस माल्थसले भविष्यवाणी गरेको सामूहिक भोकमरीजस्ता जनसांख्यिकीय बम विस्फोट हुनेछैनन् भन्ने नै हो । बच्चा कम जन्मिनुको मतलब कम मानव प्रतिभा पनि हो । तर, यो समस्यालाई मानव प्रतिभाले समाधान गर्न सक्छ । 
 

सुझावित समाचार