एमालेले बोलायो सचिवालय बैठक

बिहिबार, १८ जेठ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको हो। 

बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ। 

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ। एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो। 

सुझावित समाचार