बजेट ठीकै छ, कार्यान्वयन सबल बनाउनुपर्छ : सांसद ज्ञानेन्द्र शाही

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण
बजेट ठीकै छ, कार्यान्वयन सबल बनाउनुपर्छ : सांसद ज्ञानेन्द्र शाही

फाइल तस्बिर ।

राप्रपा सांसद ज्ञानबहादुर शाहीले बजेट सकारात्मक नै आएको बताएका छन् । 

आगामी आर्थिक वर्षका लागि संसद्को संयुक्त बैठकमा आज प्रस्तुत बजेटमाथि प्रतिक्रिया दिँदै सांसद शाहीले बजेटको कार्यान्वयन पक्ष मुख्य कुरा भएको बताए । 

‘बजेट ठीकै आएको छ । यसको कार्यान्वयन पक्ष मुख्य कुरा हो । कार्यान्वयन सबल बनाउनुपर्छ,’ उनले भने ।  

जटीबुटीको उत्पादन, प्रशोधन र व्यापारलाई वर्तमान सरकारले उच्च प्राथमिकता दिनु सकारात्मक रहेको उनको भनाइ छ । तर, विदेशबाट आउनुपर्ने कृषिजन्य वस्तुको आयात नरोकिएकोमा भने उनले असन्तुष्टि जनाए । 

जुम्लासँग जोडिएका नौवटा योजना बजेटमा समावेश भएको भन्दै उनले जुम्लाका लागि अहिलेको बजेट सन्तोजनक नै रहेको बताए । 

सुझावित समाचार