गाँजाखेतीको अध्ययन गर्ने घोषणा हुँदा सांसदको ताली, अर्थमन्त्रीकाे हाँसाे

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को अनुमानित बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

‘औषधिजन्य उपयोगका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि  रकम छुट्याएको छु,’ अर्थमन्त्रीले घोषणा गरे। 

बजेटमार्फत गरिएको सो घोषणालाई बहुसंख्यक सांसदले ताली ठोकेर समर्थन जनाए। यस्तै, अर्थमन्त्री महतसमेत मुसुक्क हाँसेर धन्यवाद फर्काए। 
 

सुझावित समाचार