कांग्रेस प्रचार विभाग प्रमुखमा विश्वकर्मा

शुक्रबार, १२ जेठ, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीन विश्वकर्माले पाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति देउवाले विश्वकर्मालाई संयोजक तोकेका हुन्।

विधानमा महाधिवेशनको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन गर्नुपर्ने व्यवस्था रहे पनि देउवाले ढिलो मात्र विभाग गठनको प्रक्रिया थालेका हुन् । विभागमा बढीमा ५१ सदस्य रहने व्यवस्था छ।

सुझावित समाचार