बागमतीको नीति तथा कार्यक्रम जेठ १४ मा प्रस्तुत हुने

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गर्ने भएको छ।

प्रदेश सभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए।

प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक ०८०/८१ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएलगत्तै सभामुख पाठकले प्रदेश सभाका सदस्यहरूलाई नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन जेठ १४ गते औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरेका थिए।

सुझावित समाचार