शरणार्थी ठगी प्रकरणका आरोपीहरू मुद्दा दर्ताका लागि अदालतपरिसरमा [तस्बिरहरू]

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

२७ करोड ८१ लाख बिगो दाबी गर्दै नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ। २७ करोड ८१ लाख बिगो दाबी गर्दै सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो। 

२२७१ दर्ता नम्बर रहेको उक्त मुद्दामा ठगी प्रकरणमा मुछिएकाविरुद्ध ठगी, संगठित तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजाय माग दाबी गरिएको छ। 

यस प्रकरणमा एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री  बालकृष्ण खाण, पूर्वसभासद् आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललगायत संलग्न छन्। 

सुझावित समाचार