आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले बादेलाई नियुक्ति गर्ने सिफारिस गरी नियामक निकाय नेपाल बिमा प्राधिकरणले स्वीकृति दिएपछि उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
नियुक्तिसँगै बादेले पद तथा गोपनीयताको शपथ लिएका छन् । कम्पनीका अध्यक्ष हेमराज ढकालबाट उनले शपथ लिएको जनाइएको छ ।