पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीमाथि रुसी प्रतिबन्ध

शनिबार, ६ जेठ, २०८०
डिजिटल संस्करण

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय उच्चपदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ। 

रुसी विदेश मन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगायत अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ।

‘वासिंटनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ। यो कुरा उसलाई ज्ञात हाेस्,’ रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ। करिब १५ महिनादेखि रुस र युक्रेनबीच युद्ध जारी छ। अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन्।

केही महिनाअघि रुसी कदमको विरोध गर्दै विश्वका १४१ देशले युक्रनेमाथिको हमला अविलम्ब अन्त्य हुनुपर्ने राष्ट्रसंघीय प्रस्तावका पक्षमा मतदान गरेका थिए। 

सुझावित समाचार