भट्टराई नेतृत्वको समाजवादीको केन्द्रीय समिति बैठक २५ जेठमा

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण
भट्टराई नेतृत्वको समाजवादीको केन्द्रीय समिति बैठक २५ जेठमा

फाइल तस्बिर ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक २५ र २६ जेठमा काठमाडौंमा हुने भएको छ । 

आज काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो । 

बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा गिरफ्तार भएका र कानुनको दायरामा ल्याउन बाँकी अभियुक्तलाई छानबिन गरी दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग पनि गरेको छ ।

सुझावित समाचार