‘सम्पर्कविहीन’ भनिएकी मञ्जु खाण संसदमा उपस्थित

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

कांग्रेसबाट समानुपातिक सांसद बनेकी मञ्जु खाण संसद् बैठकमा उपस्थित भएकी छिन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनका श्रीमान् तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण तानिएपछि सम्पर्कविहीन रहेकी भनिएकी मञ्जु खाण आजको संसद् बैठकमा उपस्थित भएकी हुन्। 

अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा नाम जोडिएसँगै उनी सार्वजनिक कार्यक्रम देखिएकी थिइनन् । यस विषयमा प्रतिक्रियाका लागि सञ्चारमाध्यमहरूले सम्पर्क गर्दासमेत उनी सम्पर्कविहीन थिइन्।

त्यति मात्र होइन, उनले आफ्नो फेसबुक पेजसमेत डिएक्टिभेट गरेकी थिइन् । नक्कली शरणार्थी प्रकरणमा उनका पति कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि पनि मञ्जु उनलाई भेट्न गएकी छैनन् ।

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सुझावित समाचार