‘पुँजी बजारलाई संरचनात्मक सुधार गरिने’

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा पुँजी बजारलाई संरचनात्मक सुधार गरी वैदेशिक लगानीलाई भित्र्याउने लक्ष्य राखेको छ।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याएर बजारलाई थप बलियो बनाउने सरकारले लक्ष्य राखेको हो।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेको नेपालीलाई पनि दोस्रो बजारमा ल्याउने नीति राखेको छ भने धितोपत्र र ऋणपत्रलाई विशेष प्राथमिकता दिने सरकारले जनाएको छ।

सुझावित समाचार