अर्थतन्त्रका परिसूचकमा सुधार आउँदै छ : राष्ट्रपति

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण
अर्थतन्त्रका परिसूचकमा सुधार आउँदै छ : राष्ट्रपति

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकसम्बन्धी परिसूचकमा सुधार आउँदै गएको बताएका छन्। शुक्रबार संघीय संसदमा आगामी आ.व ०८०–८१ को नीति तथा कार्यक्रम  प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

पछिल्लो समय विप्रेषण आप्रवाह बढ्दै गएको उनको भनाइ छ। यसका अलावा विदेशी मुद्रा सञ्चिति बढ्दै गएको, बैंक ब्याजदर घट्न थालेको उनले बताए।

अर्थतन्त्रको सुदृढीकरणमा सरकार लाग्नुपर्ने अवस्था भने कायमै रहेको उनले बताए । अहिले अर्थतन्त्रलाई उकास्ने गरी सरकार अघि बढ्न आवश्यक रहेको उनको भनाइ  छ।

सुझावित समाचार