नेपाल–भारत आर्थिक सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउन आवश्यक : मन्त्री रिजाल

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भारत–नेपाल द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउनुपर्ने बताएका छन्।

बिहीबार वीरगन्जमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’लाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई पारेको असरका कारण दुई मुलुकको विगतको इतिहास, सम्बन्ध र व्यापार गर्ने तरिकाहरूको मूल्यांकन र अध्ययन गर्न अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा परेको नकारात्मक असरको बाबजुद नेपाल–भारतबीच भएको कारोबार डिजिटलाइजेसन सकारात्मक रहेको बताउँदै मन्त्री रिजालले कारोबार डिजिटलाइजेसन राम्रो उदाहरण रहेको स्पष्ट पारे।

दुई देशबीच विभिन्न क्षेत्रहरूमा सहयोग आदानप्रदान हुँदै आएको उल्लेख गर्दै उनले नेपालमा लगानीको सबैभन्दा ठूलो स्रोत भारत रहेको बताए।

सुझावित समाचार