धर्मनिरपेक्ष वा हिन्दूराष्ट्रबारे जनमतसंग्रह माग

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

माओवादी केन्द्रीय सदस्य एवं पूर्वसांसद रामकुमार शर्माले धर्मनिरपेक्ष वा हिन्दूराष्ट्रबारे जनमतसंग्रह माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार ज्ञापनपत्र बुझाउँदै शर्माले जनमतसंग्रह माग गरेका हुन् । ‘राष्ट्रिय विवाद र बहसका रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्मनिरपेक्षता वा हिन्दूराष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकालन शान्तिको दिशामा लगियोस्,’ उनले भनेका छन् ।

परिवर्तन पक्षधर बलियो भएका वेला परिवर्तनका मुद्दा स्थापित हुने र प्रतिगमनकारीलाई टाउको उठाउने ठाउँ नदिन आफूले जनमतसंग्रहको कुरा उठाएको उनले बताए । ‘पाँच वर्षदेखि भ्रष्टाचारविरुद्ध लेख्दै–बोल्दै आएको छु । भ्रष्टाचारले कुनै पनि वेला देश संकटमा पर्न सक्छ । भ्रष्टाचारको विरुद्धमा जनमत बनिरहेको छ । मूल विषय भ्रष्टाचारविरुद्ध नै हो,’ उनले भने, ‘ठूलो जनमत धर्मनिरपेक्षताको पक्षमा छ । जनमत लिएर अगाडि बढ्ने अवस्था बन्छ । परिवर्तन संस्थागत गर्न सहयोग पुग्छ भन्ने हिसाबले जनमतसंग्रहको कुरा गरेको हुँ । यसरी जाँदा प्रतिगमनमा जान चाहनेका लागि झापड हुन्छ ।’ 

धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रहका वेला नभएको बताएको उनले बताए । यसबाहेक अन्य विषयमा प्रधानमन्त्री सकारात्मक रहेको उनले जानकारी दिए । शर्माले प्रधानमन्त्रीसँग १८ बुँदे माग राखेका छन् । हालको मिश्रित निर्वाचन प्रणालीलाई खारेज गरी प्रत्यक्ष राष्ट्रपति तथा पूर्ण समानुपातिक समावेशी संसद्का लागि संविधान संशोधन गर्न पनि उनले माग गरेका छन् । 

सुझावित समाचार