तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढ्यो

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण
तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढ्यो

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाउँदै विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ। 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय स्थापना गर्न विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको जानकारी दिइन्।

मन्त्रिपरिषद् बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त पनि गरेको छ।

सुझावित समाचार