नक्कली शरणार्थी प्रकरणमा पूर्वसांसद आङटावा शेर्पालाई थुनामा राख्न अदालतले अनुमति दिएको छ।
एसएसपी दानबहादुर कार्कीका अनुसार दुई दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो। गत शुक्रबार पक्राउ पुर्जी जारी भएपछि शेर्पा सोमबार आफैँ प्रहरी कार्यालय पुगेका थिए।
०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए। शेर्पाले कांग्रेस नेता बालकृष्ण खाणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप छ। उनलाई मतियारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।