म्यानमारमा ५८ वर्षयताकै धेरै वर्षा

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

मध्य म्यानमाको एउटा सहरमा शनिबार ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ ।

मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ–उ सहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको हो । शनिबार १६१ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । 

चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगलादेश–म्यानमाको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले १२० माइल प्रतिघन्टाको गति र पश्चिमी म्यानमाको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर) सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ ।

सुझावित समाचार