बेलायतबाट गायक कार्कीले ल्याए ‘तै मायाको’

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। 

दोलखामा जन्मेका कार्की हाल बेलायतमा बसोवास गर्दै आइरहेका छन्। गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार सार्वजनिक गीतमा दीपकको  शब्द तथा संगीत रहेको छ। जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ।

मोडल सुनील क्षेत्रीको बेजोड अभिनय रहेको भिडियोको निर्देशन पनि उनले नै गरेका हुन्। अभिनयमा सुनीललाई  मोडल एलिशा शर्माले साथ दिएकी छिन्। 

दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन्। गायक कार्कीले यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमीभन्दा, बीचैबाटोलगायतका दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन्।

सुझावित समाचार