नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको अग्रसरता अस्वाभाविक : कमल थापा

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वाभाविक एवं संविधानविपरीत रहेको बताएका छन्।

अध्यक्ष थापाले सो विधेयक निष्क्रिय भइसकेको र आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेस गर्नुपर्ने धारणा सामाजिक सञ्जालमार्फत राखेका छन्। ‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वाभाविक एवं संविधानको भावनाविपरीत छ। सो विधेयक निष्क्रिय भइसकेको छ। आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेस गर्नुपर्छ,’ उनले लेखेका छन्।

सुझावित समाचार