प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज शुक्रबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले अगाडि बढाएको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएका थिए।यस्तै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पुर्याउन आफ्नोतर्फबाट साथ रहने बताएका थिए।

सुझावित समाचार