इजरायल–गाजा युद्ध अन्त्य गर्न चार देशका विदेशमन्त्रीको आग्रह

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

इजिप्ट, फ्रान्स, जर्मनी र जोर्डनका विदेशमन्त्रीले इजरायल र गाजाका लडाकुबीच तीन दिनदेखि जारी हिंसा अन्त्य गर्न बिहीबार आह्वान गरेका छन् । जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले आफ्ना समकक्षीसँगको वार्तापछि भने, ‘रक्तपात अब अन्त्य हुनैपर्छ ।’

जोर्डनका विदेशमन्त्री अयमान सफादीले पनि नकारात्मक घटनाक्रमको अन्त्य हुनुपर्ने र शान्ति पुनस्र्थापना गर्नुपर्ने बताएका छन् । सफादीले ‘स्थितिलाई शान्त पार्नु’ र दीर्घकालीन शान्तिका लागि राजनीतिक विश्वास जगाउने उपाय सिर्जना गर्नु अत्यावश्यक भएको बताएका छन् ।

केही महिनायताकै सबैभन्दा खराब हिंसात्मक झडपका कारण प्यालेस्टाइनमा २५ जनाको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबारदेखि गरेको हवाई आक्रमणमा लडाकुका साथै कैयौँ बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

सुझावित समाचार