टोंगामा ७‍‍.६ म्याग्निच्युडको भूकम्प

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। 

टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा १६.०२ मा र २१०.१ किलोमिटरको गहिराइमा भूकम्प गएको हो। 

अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ। अहिलेसम्म भूकम्पपछिको क्षतिबारे थप विवरण आउन बाँकी छ। 

सुझावित समाचार