शीर्ष तीन नेताबीचको बैठक सकिएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका छन्।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी बैठक सकिएलगत्तै मन्त्री खड्का प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
कांग्रेस सभापति देउवा, गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री कक्षमै रहेको बताइएको छ।