कांग्रेसका युवा नेताहरूले भेटे गृहमन्त्री श्रेष्ठ, भने- भ्रष्टाचारको ‘नेक्सस’ तोड्न अघि बढ्नुस्, हाम्रो साथ रहन्छ

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेसका दुई दर्जनभन्दा बढी प्रभावशाली युवा नेताले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । 

भुटानी शरणार्थीको आवरणमा भएको एक अर्बको ठगी प्रकरणमा सरकारका पछिल्ला कदमको प्रशंसा गर्दै उनीहरूले ऐक्यबद्धता जनाएका छन् । 

कांग्रेस नेताहरू गुरुराज घिमिरे, गोविन्द पोखरेल, मधु आचार्य, भूपेन्द्रजंग शाही, रन्जित कर्णलगायतका नेताले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् । 

भेटमा उनीहरूले भ्रष्टाचार र कमिसनखोरीका विरुद्ध सरकारले लिने निर्णयमा आफूहरूको समर्थन रहेको बताएका थिए । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको ‘नेक्सस’ नतोडेसम्म राष्ट्र नबन्ने भन्दै सरकार दृढतापूर्वकअगाडि बढ्ने विश्वास दिलाएको एक नेताले जानकारी दिए । 

सुझावित समाचार