पूर्वगृहमन्त्री खाणलाई म्याद थपका लागि अदालत लगिँदै

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । 

आज बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाणलाई काठमाडौं प्रहरी परिसर टेकुले प्रारम्भिक बयानपछि म्याद थपका लागि जिल्ला अदालत लगेको हो । 

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतका आरोपीहरूले बयानका क्रममा पूर्वमन्त्री खाणको समेत नाम लिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

खाणले आफू गृहमन्त्री भएपछि पाण्डेलाई गृहसचिव बनाएका थिए । यस प्रकरणमा पाण्डेसहित १० जनालाई प्रहरीले प्रमाणसहित पक्राउ गरिसकेको छ । 

सुझावित समाचार