मकवानपुरको मनहरीमा मंगलबार साँझ कुलोमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ५ दरदरा बस्ने कल्पना थिङकी एक वर्षकी छोरी सरिनाको कुलोमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार उनी साँझ साढे ६ बजेतिर खेल्ने क्रममा आफ्नै घरछेउमा रहेको कुलोमा खसेकी थिइन् ।
कुलोमा खसेपछि बगेकी सरिनालाई परिवारका सदस्यले घरभन्दा करिब एक किलोमिटर पर बेहोस अवस्थामा फेला पारेका थिए । त्यसपछि उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।