मध्यप्रदेशको खरगोन जिल्लामा एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
सो घटना मंगलबार बिहान जिल्लाको ओन प्रहरी चौकीअन्तर्गत दसंगा क्षेत्रनजिकै डोङरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो।
प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु. चार लाख, गम्भीर घाइतेलाई रु. ५० हजार र सामान्य घाइतेलाई रु. २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ। खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहका अनुसार घटनाबारे अनुसन्धान जारी छ।