नेता र कर्मचारीका सन्तान सामुदायिक विद्यालयमा पढाउनैपर्ने नीति लिन माग

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्ति र कर्मचारीको छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताएकी छिन्। 

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सामुदायिक विद्यालय आर्थिक अवस्था कमजोर भएकाहरूका छोराछोरी मात्र पढ्ने हो भन्ने बुझाइ र व्यवहार देखिएको उल्लेख गरिन्।

‘के हाम्रो देशका प्रधानमन्त्री,  मन्त्री, सांसद र महत्वपूर्ण र सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्ति र कर्मचारीका छोराछोरी, नातिनातिना सरकारी विद्यालयमा भेटिन्छन् ?’ उनको प्रश्न छ।

सुझावित समाचार