प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले संसद् बैठकमा सर्ट र गन्जी फुकालेर अर्धनग्न भएपछि सोमबारको बैठकमा केही समय हंगामा मच्चियो।
.jpg'_'.2023-05-08.jpg)
आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनीले सर्ट र गन्जी खोलेर अर्धनग्न भएपछि अभद्र व्यवहार गरेको भन्दै सभामुख देवराज घिमिरेले पटक–पटक सम्हालिन चेतावनी दिइरहे।
.jpg'_'.2023-05-08.jpg)
सभामुखले चेतावनी दिएपछि रोकिएकोका अमरेशकुमारमाथि थप कारबाही अघि बढेन। उनले बैठकमा आकस्मिक समय माग गरेका थिए। सभामुखले उनलाई समय उपलब्ध नगराएपछि एक्कासि उनले सर्ट र गन्जी खोलेर विरोध जनाएका हुन्।
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
