नक्कली शरणार्थी प्रकरणमा दाषीलाई कारबाही गर्न खुट्टा कमाउनुहुँदैन : नेता नेपाल

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण
नक्कली शरणार्थी प्रकरणमा दाषीलाई कारबाही गर्न खुट्टा कमाउनुहुँदैन : नेता नेपाल

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन्। 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी सानाठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए। 

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाबसामु कुनै पनि हालतमा झुक्नुहुँदैन।’

उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानुनको दायरामा ल्याएर सजायको भागीदार बनाउनुपर्नेमा जोड दिए। 

सुझावित समाचार