दबाबमा पर्दिनँ, भ्रष्टाचारीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

शनिबार, २३ बैशाख, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने बताएका छन्।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे।

दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने उनको प्रतिबद्धता छ। ‘दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ। म दबाबमा पर्दिनँ, कारबाही अघि बढ्छ,’ उनले भने।

See More On

सुझावित समाचार