सशस्त्र द्वन्द्वकालको कथावस्तुमा आधारित गीत ‘खती’ युट्युबमा सार्वजनिक भएको छ। डिआर सुजनको स्वरमा तयार भएको गीतलाई विमला हुमागाईंले लेखेकी हुन्।
गीतमा गायक सुजनकै संगीत र निर्देशन छ। विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन्। बोध अनलाइन टिभी नामक च्यानलबाट सार्वजनिक गीतले द्वन्द्वकालमा आफन्त गुमाउने पीडितको कथा भन्छ।
भिडियोमा रीता केसी, बोध श्री, डिआर सुजन, सूर्य वली, सुस्मा खड्का, विमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङको अभिनय छ।