प्रतिनिधिसभा र राष्ट्रिय सभामा सचिव नियुक्त भएका छन्। प्रतिनिधिसभा सचिवमा पदम पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याल नियुक्त भएका हुन्।
सभामुखको सिफारिसमा पाण्डे र राष्ट्रिय सभा अध्यक्षको सिफारिसमा अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। पाण्डे बहालवाला नायब महान्यायाधिवक्ता हुन् भने अर्याल सहसचिव हुन्। अर्याल हाल सार्वजनिक लेखा समिति सचिवसमेत हुन्।
प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँचवर्षे कार्यकाल गत शुक्रबार सकिएको थियो। नवनियुक्त दुवै सचिवको शपथग्रहण आइतबार हुनेछ।