सुनको मूल्य प्रतितोला रु. एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ। साथै, चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।